
वान टु वाच र स्विस सरकार विकास सहयोग एसडीसी ले व्यवसाय सुदृढीकरण र सहयोग प्रदान गर्दै निजी क्षेत्र सशक्तिकरणका माध्यमबाट स्थानीय अर्थतंत्रलाई उकास्ने उद्धेश्य राखेर सूर्यविनायक नगरपालिकासँग सहकार्र्य गरेको छ ।
यस कार्यक्रमको उदेश्य सूर्यविनायक नगरपालिको को व्यवसाय प्रबर्धन तथा उद्यमशिलता विकास गर्न सक्ने क्षमताको सुदृढिकरण गर्नु हो । तथा २० वटा ग्रोथ ओरिएन्टेड (वृद्धि उन्मुख) साना तथा मझौला व्यवसायलाई व्यवसाय विकास सहयोग प्रदान गर्नु हो ।
व्यापारको ब्रान्ड पहिचान बढाउन, बजार अनुकूल रणनीति बनाउन, बिक्री तथा वितरण विस्तार गर्न र विभिन्न मार्केटिङ मिडियाको लाभ उठाउन सहयोग गर्ने सेवाहरू।
लेखा प्रणाली स्थापना, नगद नियन्त्रण व्यवस्थापन, बजेटिङ, आर्थिक मोडेलिङ, आर्थिक अवस्था विश्लेषण सहित निर्णय गर्नमा सहयोग, व्यापार वृद्धि गर्नका लागि बाह्य लगानी प्राप्त गर्नमा सहयोग ।
नयाँ प्रविधिहरूको कार्यान्वयन र समाबेसीकरण सँग सम्बन्धित प्राविधिक सहायता, कार्यप्रवाह आटोमेसन र डिजिटल एकीकरण तथा प्रशिक्षणमा सहयोग ।
कम्पनिहरूलाई व्यापार दर्ता, कर शिक्षा, कानूनी पालना, श्रम सम्बन्धित नीति र व्यापारिक समझौता आदिको कानुन र नियमन सम्बन्धित जानकारी।
व्यापारको दैनिक संचालनमा सहयोग, प्रक्रिया सुधार, आपूर्ति श्रृंखला व्यवस्थापन, गुणस्तर नियंत्रण, व्यापार सञ्चालन लाई अनुकूल बनाउन र कुशलता बढाउन सहयोग।
व्यवसायले आफ्ना चलिरहेका आम्दानीका स्तोत्र , प्रमुख गतिविधिहरू र लागत संरचनाहरूको मूल्याङ्कन गर्ने मौका र कम्पनीको दीर्घकालीन दृष्टिलाई समर्थन गर्न नयाँ रणनीतिहरू तथा प्रणालीहरू तयार गर्ने मौका पाउनेछन्।
ब्याङ्क तथा वित्तीय संस्था अथवा अन्य बाह्य लगानीकर्ताहरूबाट लगानीका अवसरहरू खोजी तथा प्राप्त गर्नका लागि साना तथा मझौला व्यवसायीहरुले व्यापार योजना, प्रस्ताव र प्रक्षेपणको विकासमा सहयोग मौका पाउने छन्।
सुर्यबिनायक नगरपालिका तथा नगरपालिका अन्तर्गत पर्ने वडाहरुमा दर्ता भएका सबै व्यवसायहरु
यो कार्यक्रम जम्मा ७ महिनाको लागि लागु हुने छ ।
यस कार्यक्रममा सूर्यविनायक नगरपालिकामा दर्ता भएका तथा यस कार्यक्रम द्वारा चुनिएका (वा चुनिने) २० व्यवसायलाई व्यवसाय बिकास सहयोग प्रदान गरिने छ ।