U.S. - Nepal Startup
Weekend Challenge
U.S. - Nepal Startup
Weekend Challenge
U.S. - Nepal Startup
Weekend Challenge

कार्यक्रमको बारेमा

U.S. – Nepal Startup Weekend Challenge एक accelerator शैलीको उद्यमशीलता कार्यक्रम हो जसले नेपालभरका प्रारम्भिक चरणका व्यवसाय संस्थापक, इच्छुक उद्यमी र विद्यार्थीहरूलाई एकसाथ ल्याई अमेरिकी नवप्रवर्तन मोडलहरूको startup उद्यमहरू विकास गर्न प्रोत्साहन गर्दछ।

यो च्यालेन्ज तीन दिनको कार्यक्रम  हुनेछ। यस अवधिमा  सहभागीहरू ३ देखि ५  जना सदस्यहरूको टिममा नवीन startup हरू विकास गर्न,  तालिम तथा कार्यशालाहरूमा भाग लिन, विशेषज्ञ सल्लाहकारहरूबाट लक्षित व्यक्तिगत मेन्टरसिप प्राप्त गर्न र प्रतिष्ठित निर्णायक मण्डलसामु आफ्नो startup उद्यमहरू प्रस्तुत गर्न एकसाथ आउनेछन्।

कार्यक्रममा के हुन्छ?

पहिलो दिन: कार्यक्रमको सुरुवात

स्वागत कार्यक्रम

कार्यक्रमका लक्ष्य, नियम र अपेक्षाहरूको रूपरेखा प्रस्तुत गर्ने प्रारम्भिक सत्र, मुख्य वक्तव्य र अन्य परिचयात्मक गतिविधिहरू गरिनेछ।

प्रेरणादायक कुराकानी

उद्यमीहरूसँग उनीहरूका उद्यमशीलताको यात्रा, सामना गरेका चुनौतीहरू र सिकेका पाठहरूबारे कुराकानी गरिनेछ।

कार्यशाला र तालिमका सत्रहरू

व्यवसायका आधारभूत सिद्धान्तहरूमा विज्ञ सहजकर्ताहरूद्वारा सत्रहरू सञ्चालन गरिनेछ।

दोस्रो दिन: कार्यशाला, तालिम र मेन्टरसिप

कार्यशाला र तालिम सत्रहरू

व्यवसायका आधारभूत सिद्धान्तहरूमा विज्ञ सहजकर्ताहरूद्वारा सत्रहरू सञ्चालन गरिनेछ।

मेन्टरसिप

नेपाली र अमेरिकी विज्ञहरूबाट लक्षित व्यक्तिगत मेन्टरसिप, जसले सहभागी टिमहरूको startup idea लाई आकार दिन र परिमार्जन गर्न सहयोग गर्नेछ।

प्रस्तुतीकरण कार्यशाला

सहभागी टिमहरूलाई प्रस्तुती गर्ने कला र आफ्ना विचारहरू स्पष्टता तथा आत्मविश्वासका साथ प्रस्तुत गर्न मद्दत गर्नका लागि कार्यशाला सञ्चालन गरिनेछ।

तेस्रो दिन: प्रस्तुती र पुरस्कार

प्रस्तुतीको तयारी र अभ्यास सत्रहरू

सहभागी टिमहरूले नमुना प्रस्तुतिहरू मार्फत आफ्नो अन्तिम प्रस्तुतीकरणलाई परिमार्जन गर्नेछन्।

प्रस्तुती प्रतिस्पर्धा

सहभागी टिमहरूले प्रतिष्ठित निर्णायक मण्डलसामु आफ्ना startup ideas हरू प्रस्तुत गर्नेछन्।

मूल्याङ्कन र पुरस्कार

निर्णायक मण्डलले प्रस्तुतीकरणहरूको मूल्याङ्कन गर्नेछन् र उत्कृष्ट तीन सहभागी टिमले सुरुआती लगानी प्राप्त गर्नेछन्।

नेटवर्किङ र डिनर

सहभागीहरूले कार्यक्रमका सहजकर्ता, निर्णायक मण्डल, विशेषज्ञ सल्लाहकार र सहकर्मीहरूसँग घुलमिल हुने र सम्बन्ध स्थापित गर्ने अवसर पाउनेछन्।

कार्यक्रमका लक्षित सहभागीहरू

प्रारम्भिक चरणका व्यवसाय संस्थापकहरू

इच्छुक उद्यमीहरू

स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू

कार्यक्रमका विशेषताहरू

उद्योगका अगुवाहरूसँग संलग्न हुनुहोस्

विभिन्न उद्योगबाट अनमोल अनुभव लिएर आएका उद्यमीहरू, लगानीकर्ताहरू र मेन्टरहरूसँग जोडिनुहोस्। सम्बन्धहरू निर्माण गर्नुहोस् जसले भविष्यमा सहयोग, लगानीका अवसरहरू र व्यावसायिक वृद्धिको सम्भावनाहरू खोल्न सक्छ।

Startup सुरु र विकास गर्नका लागि के आवश्यक पर्छ भनेर जान्नुहोस्

आइडियेसन देखि प्रस्तुतीकरण सम्मको सम्पूर्ण उद्यमशीलता यात्रालाई अनुभव गर्नुहोस्। लक्षित कार्यशाला, तालिम र व्यक्तिगत मेन्टरसिप मार्फत विचारहरूलाई प्रमाणित गर्ने, लक्षित ग्राहकहरू पहिचान गर्ने र व्यवसायिक मोडेलहरू परीक्षण गर्ने जस्ता व्यवसायिक सीपहरू प्राप्त गर्नुहोस्, जसले एक वास्तविक startup वातावरणको गतिलाई अनुकरण गर्नेछ।

प्रस्तुती गर्नुहोस् र सुरुआती लगानी जित्नुहोस्

प्रतिष्ठित निर्णायक मण्डलसामु आफ्ना startup ideaहरू प्रस्तुत गर्नुहोस् र आफ्ना startup idea लाई दिगो र उच्च-प्रभावकारी उद्यममा परिणत गर्न सुरुआती लगानीको लागि प्रतिस्पर्धा गर्नुहोस्।

विजेताहरूले के पाउँछन्?

सुरुआती लगानी

व्यापार विकास समर्थन

मेन्टरसिपको समर्थन र नेटवर्किंग

को सहयोगमा

U.S. Embassy Nepal

साझेदार संस्थाहरू

आवेदनहरू बन्द

बारम्बार सोधिने प्रश्नहरू

U.S. – Nepal Startup Weekend Challenge एक accelerator शैलीको तीनदिने उद्यमशीलता कार्यक्रम हो जसले नेपालभरका प्रारम्भिक चरणका व्यवसाय संस्थापक, इच्छुक उद्यमी, र विद्यार्थीहरूलाई एकसाथ ल्याई अमेरिकी नवप्रवर्तन मोडलहरूको startup उद्यमहरू विकास गर्न प्रोत्साहन गर्दछ।

तीन दिनको अवधिमा, सहभागीहरू ३ देखि ५ जना सदस्यहरूको टिममा नवीन startup हरू विकास गर्न, तालिम तथा कार्यशालाहरूमा भाग लिन, विशेषज्ञ सल्लाहकारहरूबाट लक्षित व्यक्तिगत मेन्टरसिप प्राप्त गर्न र प्रतिष्ठित निर्णायक मण्डलसामु आफ्नो startup उद्यमहरू प्रस्तुत गर्न एकसाथ आउनेछन्।

प्रारम्भिक चरणका व्यवसाय संस्थापक, इच्छुक उद्यमी र कुनै पनि विषयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले U.S. – Nepal Startup Weekend Challengeका लागि आवेदन दिन सक्ने छन्। सहभागिता टिममा आधारित हुनेछ र सबै टिमहरूमा न्यूनतम ३ र अधिकतम ५ सदस्यहरू हुनुपर्नेछ।

कुनै पनि प्रकारको टिम संरचनालाई स्वागत गरिन्छ। यद्यपि, विविध सदस्यहरू र पूरक सीपहरू भएका टिमहरूलाई प्रोत्साहन गरिन्छ।

टिममा एउटै वा फरक–फरक कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू समावेश हुन सक्छन्।

टिमहरूले कार्यक्रमको दौरानमा विकास गर्न चाहेको startup idea सहित आउनु आवश्यक छ। यो startup idea आवेदन फारममा स्पष्ट रूपमा वर्णन गरिएको हुनुपर्छ, किनकि यो छनोट प्रक्रियाको महत्त्वपूर्ण भाग हुनेछ।

सहभागीहरूलाई नवीन, प्रभावकारी र स्केलेबल startup ideaहरू प्रस्ताव गर्न प्रोत्साहित गरिन्छ । नैतिक नेतृत्व, लचिलोपन र रचनात्मकता जस्ता अमेरिकी नवीनताका मोडेलहरू तत्वहरूका तत्व झल्काउने नवीन, प्रभावकारी र विस्तार गर्न सकिने startup ideaहरू प्रस्ताव गर्न प्रोत्साहित गरिन्छ। Ideaहरू कुनै पनि क्षेत्र वा उद्योग बाट आउन सक्छन् जसले विकास र प्रभावको सम्भावना प्रदर्शन गर्न सक्दछ।

U.S. – Nepal Startup Weekend Challenge मा सहभागिता नि: शुल्क छ।

इच्छुक टिमहरूले यस लिङ्कमा रहेको अनलाइन आवेदन फारम भरेर आवेदन दिन सक्नुहुनेछ https://bit.ly/4ha4S1F.

आवेदन दिने अन्तिम मिति २०८२ मंसिर २८ गते (आइतबार) हो। छनोटका लागि योग्य हुन इच्छुक सहभागीहरूले अन्तिम मिति अगावै आफ्नो आवेदन बुझाइसक्नुपर्छ।

छनोट भएका सहभागीहरूलाई इमेल मार्फत सूचित गरिनेछ र इमेलमा कार्यक्रमको विवरण पठाइनेछ।

सहभागीहरूले समूहमा काम गर्नका लागि ल्यापटप र चार्जर ल्याउनु अनिवार्य छ। नोटबुक, पेन र अन्य आवश्यक सामग्रीहरू पहिलो दिन अभिमुखीकरणको समयमा उपलब्ध गराइनेछ।

होइन। सबै सहभागीहरू प्रत्येक दिन Startup Weekend Challengeमा उपस्थित हुनेछन् र साँझ फर्किनेछन्। कार्यक्रमको दौरानमा सबै खाना र खाजा उपलब्ध गराइनेछ। उपत्यका बाहिरका सहभागीहरूका लागि, तीन दिनको बास खर्चको लागि भत्ता प्रदान गरिनेछ।

प्रत्येक टिमले आफ्नो startup idea को सारांश समेटिएको प्रस्तुती स्लाइडहरू तयार पार्नेछन्, जसमा समस्याको कथन, समाधान, व्यवसायिक मोडेल, लक्षित बजार र वित्तीय योजना जस्ता विषयहरू समावेश हुनेछन्। कार्यक्रमको दौरानमा यसका लागि ढाँचाहरू र प्रस्तुतीका दिशानिर्देशहरू उपलब्ध गराइनेछ।

शीर्ष तीन टिमहरूले आफ्नो उद्यमलाई थप विकास गर्नका लागि सुरुआती लगानी दान प्राप्त गर्नेछन्। सुरुआती लगानी अतिरिक्त, विजेताहरूले व्यापार विकास समर्थन र उद्योग विशेषज्ञहरू, लगानीकर्ताहरू र इकोसिस्टम साझेदारहरूसँग मेन्टरसिप तथा नेटवर्किङका अवसरहरू प्राप्त गर्नेछन् ।

छनोट भएका प्रत्येक सहभागीका लागि यो च्यालेन्जको तीन दिन पूर्ण रूपमा उपस्थित हुनु अनिवार्य छ।

यदि तपाईंका केही प्रश्नहरू छन् भने, कृपया हामीलाई startupweekend@onetowatch.nl मा ईमेल गर्नुहोस् वा सोनी श्रेष्ठ (९८४१२९३७४१) वा राहुल कंसकार (९८६०३९६४२१) लाई सम्पर्क गर्नुहोस्।